सन्दीप लामिछानेलाई ससर्त धरौटीमा रिहा गर्न आदेश (पूर्णपाठसहित)

क्रिकेटर सन्दीप लामिछानेलाई ससर्त धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो ।

बिहीबार उच्च अदालत पाटनले उनलाई ससर्त धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा नै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारवाही अगाडि बढाउन फैसला गरेको थियो । यो आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । तर, उनलाई विदेश जानबाट भने वन्चित गरिएको छ । 

उनका वकिल सरोेज घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले भोलि २० लाख बुझाएर छुट्ने छन् ।

१८ कार्तिकमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । यो आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए ।



लामिछानेविरुद्ध नाबालिगमाथि बलात्कार गरेको किटानी जाहेरी परेपछि उनी २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि १८ वर्षभन्दा मुनिकी किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । तर, सन्दीपको पक्षले किशोरी १८ वर्षभन्दा मुनिकी नभएको दाबी गर्दै आएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । त्यसपछि उनलाई नेपाली क्रिकेट टिमबाट निलम्बन गरिएकाे थियाे ।



यसअघि पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

आदेशकाे पूर्णपाठ—


  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १९:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया