काठमाडौं बाहिर जाँदा सन्दीप लामिछानेले प्रहरी अनुमति लिनु पर्ने

क्रिकेट सन्दीप लामिछानेले काठमाडौं उपत्यका बाहिर जाँदा प्रहरी वृत्त गौशालामा पूर्वजानकारी दिनु पर्ने उनलाई ससर्त धरौटीमा रिहा गर्न आदेश दिइएको फैसलामा भनिएको छ । 

बिहीबार उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीसहित ससर्त धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनले काठमाडौं उपत्यकाबाट बाहिर जाँदा उपत्यका प्रहरी वृत्त गौशालालाई पूर्वजानकारी दिन आदेशमा भनिएको छ । त्यस्तै, उनलाई विदेश जानबाट पनि वन्चित गरिएको छ । उनको पासपोर्ट रोक्का गर्न फैसलामा आदेश दिइएको छ । 

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।






  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १९:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया