राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगमा ८ वटा राजनीतिक दलबाट दल दर्ता निवेदन परेको छ । आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।
२५ माघमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ता निवेदन दिएका आयोगले जनाएको छ ।
स्थानीय तहमा प्रतिनिधित्व रहेका लोसपा र जनमत पार्टीले भने राष्ट्रिय सभा उपचुनावमा भाग लिने छैनन् । लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य पद रिक्त छ । एक सिटका लागि २५ माघमा उपचुनाव हुन लागेकाे हाे ।
११ माघमा उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।