‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ सम्पन्न, स्मृति गौतम र अमृत खाती उत्कृष्ट

काठमाडौं–  ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ शुक्रबार कतारमा सम्पन्न भएको छ । हिमालयन इभेन्ट्स प्रालि र जनसवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो । 

कतारका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट गायिकाको अवार्ड स्मृति गौतमले प्राप्त गरिन् भने गायकतर्फको अवार्ड अमृत खातीले प्राप्त गरे । 

टंक केसी र मीरा घिमिरेद्वारा संगीतबद्ध र गायिका गौतमको स्वरमा रहेको  ‘घर त ठिमी’ बोलको गीतबाट उनले उक्त अवार्ड हात पारेकी हुन् । गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशूली बजार’, ‘कामेरो’,जस्ता चर्चित गीत बजारमा उपलब्ध छन् । सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समयदेखि नेपाली लोकदोहोरी गीतबाट प्रख्यात छिन् ।

त्यस्तै,  विषम गौतमको शब्द र सिर्जु अधिकारीको संगीतमा रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारे । गायक खातीका ओके छ त, झुम्के बुलाकी (ओके  छ त–२), हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैलेलगायत विभिन्न गीत चर्चित छन् ।

अवार्ड कार्यक्रममा रन्जित परियार ,सरस्वती लामा, भूमिका गिरी, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामालगायत कलाकारले पनि विभिन्न विधाका अवार्ड हात पारेका थिए ।
 





  • प्रकाशित मिति : फागुन ४, २०७५ शनिबार १५:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया