प्रदेश १ को उपसभामुख निर्वाचन आज, राई र दनुवार प्रतिस्पर्धामा

प्रदेश १ मा उपसभामुखको निर्वाचन आज हुँदैछ । बिहान ११ बजे बस्ने बैठकसँगै मतदान प्रकियाबाट उपसभामुखको चयन गरिन लागिएको हो । 

उपसभामुखका लागि नेकपा एमालेबाट सिर्जना दनुवार र नेपाली कांग्रेसको तर्फबाट लिलाकुमारी राईले उम्मेवारी दर्ता गरेका प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

समानुपातिक तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका  राई र दनुवार उदयपुरका हुन् ।

प्रदेश १ सभामा एमालेबाट ४०, कांग्रेसबाट २९, नेकपा माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादीबाट चार र जसपाबाट एक  गरी ९३ सदस्य रहेका छन् ।  





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १०:५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया