काठमाडाैं– कर्णाली प्रदेश सम्भावनाले भरिएको प्रदेश भए पनि विकासको दृष्टिकोणले अगाडि बढ्न नसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् । काठमाडौंबाट विश्वलाई कर्णाली प्रदेशको सम्भावना चिनाउन आयोजना गरिएको कर्णाली एक्पोलाई सम्बोधन गर्दै मन्त्री विष्टले यो क्षेत्रको विकासमा सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताए ।
‘कर्णाली प्रदेश प्राकृतिक रूपले निकै सम्पन्न छ,’ मन्त्री विष्टले भने, ‘तर, भौगोलिक हिसाबले विकट भएकाले यसको विकास हुन सकेको छैन । यहाँको स्रोत–साधनको प्रयोग गर्न सके प्रदेशको विकास गर्न सकिन्छ ।’
उनले जलस्रोत, खनिज सम्पदा, पर्यटन, अगार्निक कृषि तथा संस्कृतिक विविधताको रूपले कर्णाली निकै धनी रहेको भन्दै सरकारले यसको विकासमा ध्यान दिन नसकेको प्रस्ट पारे । ‘जुन अनुपातमा विकास हुनुपर्छ सरकारले पनि सोही अनुरूपमा स्रोत–साधनको परिचालन गरेर विकासमा ध्यान दिनुपर्छ,’ उनले भने ।
कर्णाली एक्पोजस्ता कार्यक्रमले यो प्रदेशलाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानार्कषण गराउन सहयोग पुग्ने उनको दाबी थियो । प्रदेशको विकासको लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने मन्त्री विष्टले प्रतिबद्धता जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।