मन्त्रिपरिषदको आकस्मिक बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक जारी छ । आज बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको हो । 

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए । 

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटिआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । विमानमा चार चालक दलका सदस्यसहित कुल ७२ जना सवारी थिए । जसमध्ये १५ जना विदेशी नागरिक रहेका छन् ।  





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १३:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया