पल शाहविरुद्धको मुद्दाकाे सुनुवाइ आज

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको मुद्दामा आज तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । पटकपटक पेसी स्थगित हुँदै आएको मुद्दामा आज सुनुवाइ तोकिएको हो ।

शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको र मंगलबार सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाएको पनि उनले जानकारी दिए । 

शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर, नवलपुरले २१ भदौमा शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे २ वर्ष कैद सजाय तोकेको छ ।  

नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । गत ११ फागुनमा किशोरीका बुबाले आफ्नी छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि किशोरीले बयान फेरेकी थिइन् । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ८:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया