सभामुख चयन गर्न तेस्रो पटक निर्वाचन, भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य रहेका भण्डारीलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसका उम्मेदवार तथा प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावललाई ६ मतले पराजित गरि भण्डारी सभामुखमा निर्वाचित भएका हुन् ।
 
रावलले २३ मत पाउँदा भण्डारीले २९ मत पाए । बिहीबार, शनिबार र आज गरि प्रदेशसभामा तीन पटक सभामुख पदका लागि निर्वाचन भएको हो । तेस्रोपटकको प्रयासमा भण्डारी निर्वाचित भएका हुन् । यस अघि सम्पन्न दुई निर्वाचनमा भने दुवै उम्मेदवार बहुमत पुर्याउन असफल भएका थिए । 

 ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ । आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार ११:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया