संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने तालिका छ ।
५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत गर्ने रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।