जम्कट्टेललाई कांग्रेससहित १०५ जनाले दिए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेललाई प्रदेशसभामा कांग्रेससहित १०५ जनाको समर्थन प्राप्त भएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् । 

उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० एवम् प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न उक्त विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा पेश गरेका थिए । उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

उनको विश्वासको मतसम्बन्धी प्रस्तावमा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको थियो । सत्ता गठबन्धनका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो । सरकारलाई समर्थन दिएको नेकपा एकीकृत समाजवादीले पनि उनलाई विश्वासको मत दिएको थियो । 

त्यस्तै नेमकिपाले भने मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएन । बागमती प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठन वा टिकाउन बहुमत सांसदको समर्थन आवश्यक रहन्छ । मुख्यमन्त्री जम्कट्टेललाई सरकार टिकाउन ५६ जना सांसदको समर्थन भए पुग्छ ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद रहेका छन् ।

प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई प्रदेशसभामा छलफल पछि निर्णायार्थ प्रस्तुत गरेका थिए ।



सभामुख पाठकले प्रदेशसभामा प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १०५ जना सांसदले हस्ताक्षर गरेका थिए भने उनको विपक्षमा ३ जना सांसदले हस्ताक्षर गरेका थिए ।



  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १६:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया