सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको सभामुख चुनावका लागि आजका उम्मेदवारी दर्ताको गरिँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुख चुनावका उम्मेदवारी दर्ता गर्ने समय आउन केही घण्टा मात्र बाँकी रहे पनि दलहरू उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । सत्ता साझेदार दलहरूमा सभामुखको पद नेकपा एमालेलाई दिने सहमति भएको छ । तर, एमालेले पनि अहिलेसम्म उम्मेदवार छान्न सकेको छैन ।  

एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रूपमा देखिएका छन् ।  

संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले भने सभामुखको निर्वाचनमा उम्मेदवारी दिन कि नदिने भन्ने विषयमा नै निर्णय लिइसकेको छैन । यही विषयमा निर्णय लिन कांग्रेसले आज बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको छ ।   





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ७:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया