डाक्टर सन्दुक रुइतलाई १३ करोडको पुरस्कार

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने भएको छ । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार उनलाई उक्त अवार्ड प्रदान गरिने जनाएको हो ।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा प्रदान गरिँदै आइरहेको छ । यो पटक डा. रुइतलाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ । यो अवार्ड सन् २००९ मा स्थापना भएको हो । तर वितरण भने सन् २०१३ देखि सुरु भएको हो ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार उक्त अवार्ड फेब्रुअरी महिनामा प्रदान गरिनेछ । ’अवार्डको पाँचौं संस्करणअन्तर्गत सन् २०२३ मा डा. रुइतलाई उक्त अवार्ड प्रदान गरिनेछ । 

अवार्डसँगै उनलाई १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने संस्थाले सार्वजनिक गरेको जानकारीमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ७:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया