सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले शपथग्रहण गरेकी छन् । मंगलबार उपसभामुखमा निर्वाचित भएकी उनले आज पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
उनलाई सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराए । चौधरी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन् । उनी कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी थिइन् ।
नेकपा माओवादी केन्द्रकी लक्ष्मी विकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी थिइन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।
चौधरीलाई एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एकजना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।