सभामुखमा जसपाले कांग्रेसलाई सघाउने

बिहीबार हुने सभामुखको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले नेपाली कांग्रेसलाई सघाउने भएको छ । 

जसपाले सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिने निर्णय गरेको हो। मंगलबार भएको मन्त्रिपरिषद् विस्तारलाई लिएर जसपाले तीव्र असन्तुष्टि जनाएको छ । 

सत्ता साझेदार दलहरुसँग जसपाले उपराष्ट्रपति पद मागेको थियो। तर उपराष्ट्रपति पद नमिल्ने भएपछि जसपाले मंगलबारको मन्त्रिपरिषद विस्तारमा सहभागी नभएको हो । 

नेपाली कांग्रेसकले प्रतिनिधिसभाको सभामुख पदमा सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता गराएको छ । 

न्यौपानेको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला छन्। 

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन्।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १६:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया