यू–१७ महिला राष्ट्रिय टिमका लागि एन्फाले देशव्यापी छनोट गर्ने

अखिल नेपाल फुटबल संघ एन्फाले यू–१७ महिला राष्ट्रिय टिम बनाउनका लागि देशभरबाट छनोट गर्ने भएको छ । एन्फाले जिल्ला फुटबल संघमार्फत खेलाडी पहिचान गरी छनोट प्रतियोगिता सन्चालन गर्ने भएको हो ।

आगामी चैत ६ देखि १४ गतेसम्म बंगलादेशमा आयोजना हुन लागको साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिम निर्माण गर्न खुला छनोट गर्न लागिएको हो । 

एन्फाले बुधबार वक्तव्य जारी गर्दै माघ १५ देखि २० गतेसम्म दुई चरणको छनोट प्रतियोगिता सन्चालन हुने जनाएको छ । 

माघ १२ देखि १५ सम्म पहिलो चरण र १६ देखि २० सम्म दोस्रो चरणको छनोट कार्यक्रमका लागि आ–आफ्नो जिल्लाबाट यू–१७ खेलाडी उपलब्ध गराउन एन्फाले आबद्ध जिल्ला संघहरुलाई अनुरोध गरेको हो ।

एन्फाले आबद्ध जिल्ला संघहरुलाई यू–१७ राष्ट्रिय टिमका लागि प्रशिक्षक भगवती रानामगरसँग सम्पर्क गर्न भनेको छ । 

छनोटमा ०६३ पुस १७ देखि ०६६ पुस १६ गतेभित्र जन्मिएका खेलाडीले मात्र भाग लिन पाउनेछन् । त्यसका लागि उनीहरुले जन्ममिति खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्नेछ ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १९:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया