जुम्लाको एक पालिकाले एमबिबिएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति दिने

जुम्लाको पातारासी गाउँपालिकाभित्रका एमबिबिएस पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख छात्रवृत्ति दिने भएको छ ।

पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । एमबिबिएसलगायत प्रविधिक विषयमा पढाउन सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ ।

सो गाउँपालिकाले बुधबार १०औँ हिउँदे गाउँसभाबाट एमबिबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । 

हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ‘बाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाले भनिन्, ‘पालिकाको वडा नं ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँसभाबाट पारित भएको छ ।’ 

उनका अनुसार पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँसभाबाट छात्रवृत्ति निर्देशका, २०७९ बहुमतले गाउँसभाबाट पारित भएको सो छ ।

सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि यो गाउँसभाबाट विशेष प्राथमिकता दिने भनेर निर्णय गरी गाउँसभाबाट पारित भएको छ । पाँच वर्षसम्म सात लाखका दरले पालिकाले एमबिबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने उनको भनाइ छ ।



पालिकाको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत बुटवलको देवदह मेडिकल कलेजमा वडा नं ४ लुमगाउँका २३ वर्षीय नवीन रेउले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययनरत छन् ।



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार २०:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया