नवनिर्वाचित सभामुख घिमिरेले आज शपथ लिँदै

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले बिहान ११ बजे राष्ट्रपति कार्यालयमा सपथ लिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । 

सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ । सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका थिए । 

घिमिरे १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् ।  विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मतदान गरेका थिए ।

यस्तै, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि घिमिरेलाई समर्थन गरेका थिए ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले न्यौपानेलाई मत दिएका थिए । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ९:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया