प्रदेश १ मा तोकियो मन्त्रीहरूको जिम्मेवारी, कसले कुन मन्त्रालय पाए ?

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार मन्त्रीहरूको जिम्मेवारी तोकेका छन्। सरकार गठन भएको १२ दिनपछि प्रदेश १ को शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले ६ जना मन्त्रीहरूको जिम्मेवारी तोकेको हो ।

माओवादीबाट मन्त्री बनेका तेह्रथुमका दुर्गाप्रसाद चापागाइँले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेबाट मन्त्री बनेका ताप्लेजुङका तिलकुमार मेन्याङबोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै राप्रपाबाट मन्त्री भएका झापाका भक्तिप्रसाद सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् भने माओवादीबाट मन्त्री बनेका मोरङका जीवन आचार्यले पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय भाग परेको छ भने जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको थियो । बैठकले ९ वटा मन्त्रालयको संरचना पनि तोकेको छ । 

यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय भने खारेज भएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार २०:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया