नेपालमा पछिल्लो २४ घण्टामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा १०१ वटा स्वाब नमुनाको पिसिआर परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको हो । एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार ६२१ नमुनामा संक्रमण फेला परेन ।
हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।
यो अवधिमा देशभर दुईजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ३० पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।