अमेरिकाको इलिनाेइसमा शुक्रबार एक व्यक्तिले गोली चलाउँदा पाँच जना कर्मचारीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
आक्रमणकारी इलिनाेइसस्थित एक म्यानुफ्याक्चरिङ वेयरहाउसका पूर्व कर्मचारी थिए । जागीरबाट निकालेपछि निराश भएर गोली चलाएको उनले बयान दिएका छन् ।
४५ वर्षीय गेरी मार्टिनले हेरी प्रेट कम्पनीमा १५ वर्षसम्म काम गरेका थिए । जागीरबाट किन निकालिएका थिए र उनले चलाएकाे पेस्ताेल कहाँबाट ल्याएका थिए भन्ने स्पष्ट नभइसकेकाे प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
जागीरबाटै निकालिएको दिनमा मार्टिनले गोली चलाएको अरोरा इलाकाका प्रहरी प्रमुख क्रिस्टिन जिमनले बताए । मार्टिन अरोरा क्षेत्रमा एक अपार्टमेन्ट बस्थे । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।