इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध वेस्ट ह्यामले सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले एभर्टनविरुद्ध २–० को सहज जित निकालेको हो ।
वेस्ट ह्यामको जितमा दुवै गोल जारोड बोवेनले गरे । यो जितपछि वेस्ट ह्यामको १८ अंक पुगेको छ । ऊ १५ औं स्थानमा रहेको छ । एभर्टन रेलिगेसन जोनमा छ । ऊ १९ औं स्थानमा छ ।
प्रिमियर लिगअन्तर्गत नै एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले हराएको छ । त्यस्तै, ब्राइटन र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् ।
क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।