प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनु हुन्थेन, गल्ती भयो : शेखर कोइराला
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको बताएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा प्रचण्डलाई विश्वास दिएर गल्ती भएको महसुस गरेका हुन् । 

आफूले तटस्थ बसौँ भनेर प्रस्ताव राखे पनि बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको कोइरालाको भनाइ छ । 

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन । दिएर गल्ती गरियो । तटस्थ बसौँ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको  सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने वाध्यता भयो ।’

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित चार नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।   





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ११:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया