मधेसका स्वतन्त्र सांसदद्वय साह र जयसवाल जसपामा प्रवेश

गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा मधेस प्रदेशको प्रदेश सभा सदस्यमा स्वतन्त्र निर्वाचित दुईजना सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । 

महोत्तरीको क्षेत्र नं २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा–३ (क) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य प्रमोद कुमार जैसवाल आइतबार जसपामा प्रवेश गरेका हुन् ।

जसपाको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रदेशसभा सदस्यद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका छन् । योसँगै मधेस प्रदेशमा जसपाको सांसद संख्या १८ पुगेको छ । 

तेस्रो वरीयतामा रहे पनि यस प्रदेशमा जसपाका सरोज कुमार यादव मुख्यमन्त्री बनिसकेका छन् । उनले प्रदेशसभाबाट विश्वासको मतसमेत पाइसकेका छन् ।

मधेस प्रदेश सभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १४:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया