कोल्ड ड्रिंक्स पिउने बानीले क्यान्सर हुन सक्छ

गर्मीको समयमा हामी पानी, जुस भन्दा धेरै कोल्ड ड्रिंक्स पिउने गर्छौ । क्यालोरीसँग सजग हुने केही मानिस डाइट कोक पनि पिउने गर्छन् । तर साधारण वा डायट सफ्ट ड्रिंक दुवै पिउने बानीले हाम्रो स्वास्थ्यलाई असर पुर्याउँछ । यसको प्रयोगले क्यान्सरजस्ता रोग लाग्ने सम्भावना उच्च हुन्छ । कोल्ड ड्रिंक्सले क्यान्सरबाहेक अन्य रोगमा पनि निम्त्याउँछ । 

कोल्ड ड्रिंक्समा कोका जस्तो कलरका लागि क्यारामेल कलरिंग गरिन्छ । जसका लागि अमोनियम कम्पाउन्डस मिलाइन्छ । सफ्ट ड्रिंक्स बनाउने प्रक्रियामा अमोनियम कम्पाउन्डस, सल्फाइटस र चिनी मिलाएर मेथिलिमिडजोल बनाइन्छ । जसले फोक्सो र कलेजोको क्यान्सर हुन सक्छ ।  

हालै भएको एक अध्ययनले महिलाहरु प्राय एक हप्तामा दुई वा दुई भन्दा धेरै डाइट सोडा पिएको देखाउँछ । अन्य महिलामा भन्दा यस्तो सोडा पिउनेहरुमा हृदयघात हुने दुई गुणा बढी हुने अध्ययनबाट पत्ता लागेकाे छ । 

कोल्ड ड्रिंक्समा चिनीको मात्रा अत्यधिक हुन्छ । यो हाम्रो कलेजोमा जम्मा भएर बस्छ । यसका कारण फ्याटी लिभर डिजिज हुने सम्भावना बढी हुन्छ । यो लिभरको लागि खतरनाक हुन्छ। 

चिनीको मात्रालाई शरीरमा समायोजित गर्न धेरै इन्सुलिनको आवश्यक पर्छ । यसले पेनक्रियाजमा दवाब पर्छ । यसकारण नियमित रुपमा यस्ता पेय पदार्थ सेवन गर्ने व्यक्तिलाई डाइबिटिजको खतरा हुन्छ । 

अत्यधिक चिनीले शरीरमा एसिडको लेभल बढाउँछ । यसले गर्दा दाँतमा क्याभिटी हुने आशंका धेरै हुन्छ । डाइट सोडामा भएको आर्टिफिसियल स्वीटनर्सले टाउको दुखाउने र माइग्रेनको समस्या पनि बढाउने गर्छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १२:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया