१४९३ पदका लागि भएको प्राथमिक तहको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण

शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् । यसअघि माध्यमिक र निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा पनि माग अनुसार परीक्षार्थी पास हुन सकेका थिएनन् ।

आयोगका अनुसार ११ जिल्लामा १ हजार ४९३ पदका लागि भएको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण भएका छन् । लिखित परीक्षामा पास भएका उनीहरुले अब अन्तर्वार्ता दिनुपर्नेछ । लिखित परीक्षामा पास भएका सबै पास भए पनि ६३८ पद अझै रिक्त रहनेछ ।

आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिरहेको छ र हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ ।

बाजुरामा ७३ पदका लागि भएको परीक्षामा ६५ जना, अछाममा १३७ पदका लागि भएको परीक्षामा १३५ जना, म्याग्दीमा १२६ पदका लागि भएको परीक्षामा ११२ जना, डोटीमा १४८ पदका लागि भएको परीक्षामा १३४ जना पास भएका छन् ।

जुम्लामा ३१ जना प्राथमिक शिक्षक माग गरेकामा ३ जना, कालीकोटमा ६० जना माग गरेकामा १२ जना, जाजरकोटमा ७७ जना माग गरेकामा ५६ जना, दैलेखमा १३८ पदका लागि भएको परीक्षामा १३० जना मात्र उतीर्ण भए ।

मुस्ताङमा १७ रिक्त दरबन्दीको लागि ८ जना, पर्वतमा १५० रिक्त पदको लागि १३४, स्याङ्जामा २८६ पदको लागि २६० जना, नुवाकोटमा २९९ रिक्त पदको लागि २६० जना, सुनसरीमा १७४ जना माग भएकामा १४० जना, धादिङमा २२५ पदको माग हुँदा १८८ जना, मनाङमा १ जना माग गरिएकामा कोही पनि उतीर्ण भएनन् ।



दोलखामा २५१ पदका लागि भएको परीक्षामा २२३ जना, रामेछापमा १५४ पदका लागि भएको परीक्षामा ७१, सिन्धुलीमा २६५ पदका लागि भएको परीक्षामा २०६ जना, हुम्लामा ३५ माग गरिएकोमा ७ जना, मुगुमा ६५ जना माग गरिएकामा १३ जना, डोल्पामा ७२ जना माग गरिएकामा २८ जना, रुकुम पश्चिममा १५ जना माग गरिएकामा १ जना उतीर्ण भएका छन् ।

पर्सा जिल्लामा २३७ पदका लागि भएको परीक्षामा ८९ जना मात्रै पास भएका छन् । यहाँ लिखित परीक्षामा जम्मा १२१ जना सहभागी भएकामा ८९ जना मात्र पास भएका हुन् ।



त्यस्तै, सप्तरीमा १६६ पदका लागि भएको परीक्षामा ८८, सिरहामा ११३ पदका लागि भएको परीक्षामा २५, दार्चुलामा १३२ पदका लागि भएको परीक्षामा १०२, बझाङमा ९६ पदका लागि भएको परीक्षामा ७७ र डढेलधुरामा ९४ पदका लागि भएको परीक्षामा ८५ जनामात्र पास भएका छन् । 

रौतहटमा १४५ पदका लागि भएको परीक्षामा ५५ जना, बारामा २५२ पदका लागि भएको परीक्षामा १३४ जना, सर्लाहीमा २३१ पदका लागि भएको परीक्षामा ६५ जना, धनुषामा ९९ पदका लागि भएको परीक्षामा ५५ जना, महोत्तरीमा १२८ पदका लागि भएको परीक्षामा ८० पास भएका छन् ।

  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार २०:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया