एजेन्सी– म्यानचेस्टर सिटी एफए कप फुटबलमा शनिबार राति भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । सिटीले न्युपोर्ट कन्ट्रीलाई ४–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।
म्यानचेस्टर सिटीका लागि लिरो साने, रियाद महरेज र फिल फोडिनले गोल गरेको हुन् । सिटीको जितमा फोडिनले दुई गोल गरेका हुन् । कन्ट्रीका लागि पेड्रिग एमोन्डले गोल गरेका थिए ।
दुई टोलीबीच भएको खेलमा सबै गोल दोस्रो हाफमा भएका हुन् । खेलको ५१औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाए । सिटीका लागि फोडिनले ७५औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २–० को स्थितिमा राखे ।
तर, ८८औं मिनेटमा कन्ट्रीका एमोन्डले गोल गर्दै खेललाई २–१ स्थितिमा पुर्याए । त्यसपछि सिटीका सिटीले लगातार दुई गोल गरेको थियो । सिटीका लागिग फोडिनले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए भने महरेजले अतिरिक्त समयमा गोल गरेपछि म्यानचेस्टर सिटी ४–१ ले विजयी भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।