इंग्लिस प्रिमियर लिगमा उल्भ्सविरुद्ध म्यानचेस्टर सिटी ३–० गोल अन्तरले विजयी भएको छ । गएराति घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीको जितमा फरवार्ड एर्लिङ हालान्डले ह्याट्रिक गरे ।
उनले ४०औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ५०औं मिनेटमा हालान्डले पेनाल्टीमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे ।
५४औं मिनेटमा उनले ह्याट्रिक पूरा गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । जारी सिजनमा हालान्डले १८ खेलमा २५ गोल गरेका छन् । साथै, उनले तीन असिस्ट पनि दिएका छन् ।
यस जितपछि सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दूरी २ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीले २० खेलबाट ४५ अंक जोडेको छ । पराजित उल्भ्स १७ अंकका साथ १७औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।