प्रिमियर लिगमा युनाइटेडविरुद्ध आर्सनलको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडविरुद्ध आर्सनलले ३–२ को रोमाञ्चक जित निकालेको छ । गएराति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनको जितमा एड्डी एनकेटीहले दुई र बुकायो साकाले एक गोल गरे ।

युनाइटेडका लागि मार्कस राशफोर्ड र लिसान्द्रो मार्टिनेजले एक/एक गोल फर्काए । खेलमा युनाइटेडले १७ औं मिनेटमा मार्कस राशफोर्डको गोलबाट सुरुआती अग्रता लिएको थियो । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन ।

२४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई २–२ को बराबरीमा ल्याए ।

खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को रोमाञ्चक जित दिलाए । यो जितसँगै आर्सनलले १९ खेलमा ५० अंक जोडेको छ ।

ऊ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । पराजित चौथो स्थानमा रहेको युनाइटेडले २० खेलमा ३९ अंक जोडेको छ । 





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार ७:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया