गण्डकी प्रदेशमा घटाइयो ५ मन्त्रालय, अब ७ मन्त्रालय मात्र रहने
फाइल तस्बिर

गण्डकी प्रदेश सरकारले मन्त्रालय घटाएको छ । १२ मन्त्रालयबाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसहित आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूको छलफलमा १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाइएको हो ।

कुन-कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने विषयमा सोमबार विहान पुनः छलफल गर्दै मन्त्रालयको विषय टुंगिएको हो । छलफल अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछन् ।

बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ । यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो । 





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार १२:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया