राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।

 ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ,’ उनले भने ।

बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरूसँग छलफल गर्ने र समर्थन माग्ने निर्णय पनि गरेको महतले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार १२:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया