बिबिएलमा सन्दीपको कसिलो बलिङ ४ ओभरमा १६ रन

काठमाडौं– अस्ट्रेलियामा बिग ब्यास लिग (बिबिएल)को फाइनलमा सन्दीप लामिछानेले कसिलो बलिङ गरेका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले १६ रन दिँदा एक चौका मात्र खाए । तर, फाइनल खेलमा सन्दीपले विकेट भने लिन सकेनन् । 

व्यक्तिगत पहिलो ओभर र खेलको  सातै ओभरमा बलिङ गर्न आएका सन्दीपले दुई रन मात्रै दिएर चार बल डट फाले । त्यसपछि, दोस्रो ओभरका रुपमा ९ औं ओभर लिए । उक्त ओभरको पहिलो बलमै चौका खाए । त्यसपछि सुधारिएको बलिङ गरेका उनले चौथो बलमा एक रन मात्रै दिए । 

उनलाई १२ आैं ओभरमा फेरी बल थमाइयो । व्यक्तिगत तेस्रो ओभरमा उनले तीन रन मात्रै दिए । आफ्नो अन्तिम ओभरका रुपमा १५ औं ओभरमा आएका सन्दीपले ६ रन दिए । 

सन्दीपले उत्कृष्ट खेल प्रर्दशन गरेपनि मेलबर्न स्टार्स उपविजेतामा सिमित हुँदा मेलवर्न रेनेगेड्स बिबिएल च्याम्पिएन बन्यो । 

फाइनल खेलमा मेलवर्न स्टार्सलाई मेलवर्न रेनेगेड्सले १३ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको रेनेगेड्सले ५ विकेटको क्षतिमा १ सय ४५ रनको मध्यम लक्ष्य तयार पारेको थियो । 

१ सय ४६ रनको लक्ष्य पछ्याएर मैदान पसेको स्टार्टसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३२ रन मात्रै बनाउन सक्यो । स्टार्सले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमका व्याट्समेन नचल्दा खेल गुमाउन पुग्यो । ९३ रनमा पहिलो विकेट गुमाएको स्टार्टसले थप ३९ रन जोड्दा बाँकी ६ विकेट गुमायो । 



ओपनर बेन डंकले ५७ रन र मर्कोस स्टोइनिसले ३९ रन जोडेका थिए । १३ ओभरमा पहिलो विकेट गुमाएको स्टार्सले त्यसपछि लगातार विकेट गुमाउदा लक्ष्य पुरा गर्न सकेन । 

स्टार्सको ७ विकेट लिने क्रममा रेनेगेड्सका ड्यानियल क्रिस्टियन, क्रिस ट्रेमेन र क्यामरन बोएसले समान २ विकेट लिए ।



यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रेनेगेड्सका लागि टम कुपरले नटआउट ४३ र ड्यानियल क्रिस्टियनले नटआउट ३८ रन बनाएका थिए । तर, अन्य ब्याट्समेनले भने उल्लेख्य रन बनाउन सकेनन् । 

स्टार्सका ज्याकसन बर्ड  र एडम जाम्पाले समान २ विकेट लिएका थिए ।

  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १४:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया