क्रिकेटर केएल राहुल र आथियाले गरे विवाह

क्रिकेटर केएल राहुल र अभिनेत्री आथिया शेट्टीले सोमबार खंडालामा एक समारोह आयोजना गरेर विवाह गरेका छन् ।

आथियाका बाबु सुनील शेट्टीले यो विवाह एउटा सानो समारोहमा परिवारका सदस्यहरुबीच भएको जानकारी दिएका छन् । आफू आधिकारिक रुपमा अब ससुरा बनेको पनि उनले बताएका छन् ।

विवाहको रिसेप्सन चाहिँ आइपिएलपछि हुनसक्ने उनले बताएका छन् ।

केएल राहुलले आफ्नो इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेका छन् । उनले पनि परिवारका सदस्यबीच विवाह भएको र आफूहरु यसबाट खुसी भएको बताएका छन् ।





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २१:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया