आजदेखि शहीद सप्ताह सुरु

आजदेखि शहीद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ ।

शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा काठमाडौं महानगरपालिकाले आज बिहान टेकु मचलीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । 

श्रद्धाञ्जली सभामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखसहित महानगरका पदाधिकारीहरूको उपस्थिति रहने  महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।

त्यस्तै, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । यस्तै, माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी गर्दै लैनचौरमा पुगेर शहीद स्तम्भमा सभा हुनेछ । 

२०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा शहीद सप्ताह तथा दिवस मनाउने गरिएको छ । स्वतन्त्रताको माग गर्दा  १० माघ १९९७ मा शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालिन राणा शासकले मृत्युदण्ड दिएका थिए ।   





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार ७:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया