रवि, बालेनहरूलाई ५ वर्ष त विश्वास गरौँ : दीपकराज गिरी

चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले रवि लामिछाने र बालेन शाहहरूलाई कम्तिमा ५ वर्ष विश्वास गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीको आलोचना भएपछि गिरीले यस्तो बताएका हुन् ।

कांग्रेस, एमाले, माओवादीलाई वर्षौं विश्वास गरेको उल्लेख गर्दै रवि र बालेनहरूलाई ५ वर्ष विश्वास गर्नुपर्ने उनको धारणा छ । ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौँ विश्वास गर्यौँ । अब रवि, बालेनहरू आएका छन्, उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ,’ गिरीले फेसबुकमा लेखेका छन् । 





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार ८:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया