कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, एकजना घाइते
फरकधार / १० माघ, २०७९

काठमाडौंको कलंकीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।



आज बिहान पौने ७ बजे अन्डर पास नजिकै बाप्र ०२–०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट अर्का एकजना पैदल यात्री घाइते भएका छन् । प्रहरीका अनुसार उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।



दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । 



  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार ९:६:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया