युक्रेनलाई ५० करोडको सैन्य सहयोग उपलब्ध गराउँदै युरोपेली संघ

युरोपेली संघले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । संघमा आबद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलव्ध गराउने निर्णय गरेको हो । 

युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० ला युरो बराबरको सहायता प्रदान गर्न संघ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताए ।

सङ्घले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौं खेप हुनेछ । युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली संघ भएको छ । सङ्घको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ । 

पश्चिमा देशले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःख बढाउने रुसले बताउँदै आएको छ । 

बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च संघ संस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ ।   





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १२:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया