प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सुवास नेम्वाङदेखि सोबिता गौतमसम्म

प्रतिनिधि सभाले नियमावली मस्यौदा गर्न समिति गठन गरेको छ । आज जारी संसद् बैठकले २१ सदस्यीय नियमावली मस्यौदा गर्न समिति गठन गरेको हो ।​

बैठकमा माओवादी केन्द्रका सांसद देवन्द्र पौडेलले ‘नियमावली मस्यौदा समिति गठन गरियोस्’ भनी समितिमा रहने सदस्यहरूको नामावलीसहित प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्तावलाई सांसदद्वय ऋषिकेश पोखरेल र रामकृष्ण यादवले समर्थन गरे ।   

नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भइसकेको छ । समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् । 

त्यस्तै, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही पनि समितिमा रहेका छन् ।  

यो समितिलाई १५ दिनको समय तोकिएको छ र समितिको सभापति समितिले चयन गर्नेछ । 





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १३:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया