एजेन्सी– तमिलनाडूका फिल्म स्टार रजनीकान्त अब कलाकारितमा मात्र छैनन्, उनले पार्टी पनि खोलेर राजनीतिमा पाइला चालेका छन् । तर, उनको पार्टीले सन् २०१९ मा भारतमा हुने लोकसभामा भने प्रतिस्पर्धा गर्ने छैन । उनले आफ्नो पार्टीले चुनावमा भाग नलिने भएकाले पार्टीको चुनाव चिह्न प्रयोग नगर्न समेत अनुरोध गरेका छन् । रजनीकान्तले डिसेम्बर २०१९ मा राजनीतिमा आउने घोषणा गरेका थिए ।
यसअघि उनले तमिलनाडूको सबै विधानसभा सिटमा आफ्नो पार्टीले चुनाव लड्ने घोषणा गरेका थिए । त्यसो त रजनीकान्तलाई भारतीय जनता पार्टी निकट कलाकारका रुपमा चित्रण गरिन्छ । यसको अर्थ के होइन भने उनले भारतीय जनता पार्टीको आलोचना नै गरेका छैनन् । उनले सत्ताधारी पार्टी जनताका लागि खतरानक भएको टिप्पणी गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।