सिभिल बैंकले ४ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पुँजी सात अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६१ को ४.०५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र उक्त नगद लाभांश सेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७३/७४ मा लाभांश घोषणा गरे पनि सेयरधनीले हालसम्म पाएका छैनन् । सो आवमा बैंकले वार्षिक साधारणसभा नै नगरेका कारण सेयरधनीले लाभांश पाउन नसकेका हुन् । सो आवमा बैंकले १०.२५ प्रतिशत सेयर लाभांश र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

बैंकले आव २०७२/७३ मा २.८८ प्रतिशत सेयर लाभांश दिएको थियो । तर, आव २०७३/७४ मा वार्षिक साधारणसभा समेत गरेको थिएन ।





  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १५:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया