विपक्षी दलसँग संसदमा विवाद भएपछि कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

कुवेतका प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले पदबाट राजीनामा दिएका छन् । विपक्षी दलसँग संसदमा विवाद भएपछि उनले राजीनामा गरेका हुन् ।  

संसदमा विवाद उत्पन्न भएपछि उनले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेस गरेका थिए । सरकार गठन भएकाे चार महिनामै कुवेतमा सरकार ढलेकाे छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ । 

गत अक्टोबरमा शपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । 
 





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १६:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया