कर्णाली प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगियाे, कुन मन्त्रालय कसलाई ?

कर्णाली प्रदेशमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागबण्डा टुंगिएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने भएकाे छ । 

मंगलबार दुई दलका प्रदेशका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको टुंगाे लगाएका हुन् । जसअनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

त्यस्तै एमालेकाे भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेकाे छ । 

भोलि बुधबारसम्म मन्त्रिमण्डल विस्तार गरिने सहमति पनि बैठकमा भएको छ । कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १८:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया