माघ १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सर्ने भएको छ। कांग्रेसले पछिल्लो पटक आगामी माघ १५ गतेलाई बैठक आह्वान गरेको थियो।

यसअघि पुस २२ का लागि डाकिएको बैठक सुरुमा पुस २८ मा सारिएको थियो । पुनः बैठक माघ १५ का लागि सारिएको थियो । तर, माघ १५ गतेको बैठक पनि सर्ने निश्चितजस्तै छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीति र निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक डाकेका हुन्। सत्ताबाट बाहिरिएपछि पार्टीभित्रै आलोचित बनेका देउवाले बैठक पटकपटक सार्दै आएका छन् ।

केन्द्रीय समितिको बैठक सर्दै आए पनि सभापति देउवाले केही महत्वपूर्ण निर्णय लिनुपर्दा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक भने राख्दै आएका छन्। 

पार्टी सभापति देउवा केन्द्रीय समितिको बैठकभन्दा पनि राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको उनीनिकट नेताहरुले बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार २१:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया