सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अस्ट्रेलिया र न्युजिल्याण्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ ।
यसको डिजाइन दुई आयोजक देशको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ । बल आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले डिजाइन गरेका हुन् ।
ओसिआउन्जले पनि फिफा विश्वकप सन् २०२२ मा म्याच बल जस्तै जडान गरिएको प्रविधिलाई अङ्गालेको छ जसले म्याच अधिकारीलाई तत्काल डेटा प्रदान गर्दछ ।
सन् २०२३ महिला विश्वकप २० जुलाईमा सुरु हुनेछ । उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेको सामना गर्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।