संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान पाँच बजे निधन भएको डा. किरण नकर्मीले पुष्टि गरे । 

मंगलबारर संसद् भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । 

पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल लगिए पनि उनको उपचारका क्रममा निधन भएको हो ।  





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार ८:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया