डिपिएल : ३३ रनमै अलआउट भयो रुपन्देही, काठमाडौं १०० रनले विजयी

काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेन्जर्स सस्तैमा समेटिँदा काठमाडौंले सहज जित निकालेको छ । आइतबारको खेलमा रुपन्देही काठमाडौं गोल्डेन्ससँग १ सय रनले पराजित भयो । 

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । काठमाडौंका लागि अंकित दवासले सर्वाधिक ४३ तथा अनिल शाहले २३ रनको जोडे । ९ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले त्यसपछि समालिएर खेल्दा मध्यम स्कोर बनायो । 

काठमाडौंका लागि महबुब आलमले ११, योगेन्द्रसिंह कार्कीले १३, रासिद खानले १४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोडे । 

काठमाडौंको ७ विकेट लिने क्रममा रुपन्देहीका विक्रम सोब, अनिल खरेल र पुनित मेहराले समान २ विकेट लिए भने १ विकेट ललितसिंह भण्डारीको नाममा गयो ।

१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको रुपन्देही १५.१ ओभरमा ३३ रनमा अलआउट भयो । डिपिएलमा यो अहिलेसम्मकै कम स्कोर हो । 

रुपन्देहीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ५ रन बनाउँदा पहिलो विकेट गुमाएको रुपन्देहीले २१ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो ।



रुपन्देहीका ओपनर प्रदीप ऐरी चार रनमा आउट भए भने सन्दीप सुनार ३ रनमा पभेलियन फर्किए । रुपन्देहीका लागि सर्वाधिक ५ रन सुमित महर्जनले जोडे । 

भीम सार्की खातै नखोली आउट हुदाँ विनोद भण्डारी १, पुनित मेहरा ३, विक्रम सोब ३ तथा कप्तान वसन्त रेग्मी २ रनमा आउट भए । 



रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंका नन्दन यादबले ३ विकेट लिए । ३.१ ओभर बलिङ गरेका उनले ५ रन मात्रै दिए । यस्तै, ललितनारायण राजवंशी र सूर्य तामाङले २–२ विकेट लिँदा अंकित दवास र योगेन्द्रसिंह कार्कीले समान १ विकेट लिए । 
 

  • प्रकाशित मिति : फागुन ५, २०७५ आइतबार १७:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया