फुटबल इतिहासमा पहिलोपटक ‘सेतो कार्ड’ को प्रयोग

फुटबल खेलका क्रममा रेफ्रीले गल्ती गर्ने खेलाडीलाई पहेँलो र रातो कार्ड देखाएको दृश्य देख्दै आएका छौँ । तर, पोर्चुगलको महिला लिगमा रेफ्री कट्रिना क्याम्पोसले सेतो कार्ड देखाएकी छन् । पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीच भएको महिला कपको क्वाटरफाइनल खेलमा रेफ्रीले सेतो कार्ड देखाएकी हुन् ।

पहिलो हाफको केही समयअघि रेफ्रीले सेतो कार्ड देखाउने निर्णय गर्दा बेन्फिकाले ३–० को अग्रता लिएको थियो ।  

सेतो कार्डको अर्थ के हो? 

पोर्चुगलको नेशनल प्लान फर एथिक्स इन स्पोर्ट (पिएनइडी) ले नयाँ नियम बनाएको छ । जसअनुसार फेयर प्लेका लागि सेतो कार्ड देखाइने गरिएको छ । जब दुई टोली खेल भावनाअनुसार खेल्छन् तब यो कार्ड दिने नियम बनाइएको छ ।  
 
बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको खेलमा दर्शकमाझ रहेका एक समर्थक बिरामी भएर बेहोस भएका थिए । स्थितिलाई सम्हाल्न दुवै पक्षका टोली चिकित्सक स्ट्यान्डमा पुगे । केही मिनेटमै ती समर्थकको उपचार गरियो । यसपकट रेफ्रीले खेलाडीको सम्मानमा नभइ चिकित्सकको प्रशंसा गर्दै सेतो कार्ड देखाइन् । बेन्फिका र लिस्बनको खेलमा सेतो कार्ड देखेपछि धेरै दर्शक पनि अलमलमा परेका थिए । यो खेल बेन्फिकाले ५–० ले खेल जित्यो ।

किन पहेँलो र रातो कार्ड देखाइन्छ?

सन् १०७० को फिफा विश्वकपपछि पहेँलो र रातो कार्ड विश्वभर फुटबलको एक हिस्सा बन्यो । जब कुनै खेलाडीले फउल गर्छन्, त्यो फउलको गम्भीरताअनुसार रेफ्रीलाई पहेँलो र रातो कार्ड देखाउने अधिकार हुन्छ । पहेँलो कार्ड भनेको चेतावनी हो ।



रातो कार्ड पाएपछि भने खेलाडी खेलबाट बाहिरिन्छन् । साथै, रातो कार्ड पाउने खेलाडी प्रतियोगिताको अर्को खेलका लागि पनि निलम्बित छन् । यदि कुनै खेलाडीले दुई पहेँलो कार्ड पाए भने त्यो एक रातो कार्ड बराबर हुन्छ ।  



  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १२:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया