एजेन्सी– साहरुख खान र अक्षय कुमार बलिउडका जल्दाबल्दा सुपरस्टार हुन् । यी दुई वर्षौ पहिले यश चोपडाको फिल्म ‘दिल तो पागल है’ फिल्ममा सँगै काम गरेका थिए । यो फिल्ममा साहरुख लिड रोलमा थिए, अक्षयले क्यामियो गरेका थिए । तर, अब यो जोडी कहिल्यै पनि पर्दामा सँगै देखिने छैन । तर, यो कुरा कुनै अनुमान होइन । साहरुख स्वयंले यो कुरा बताएका हुन् ।
केही दिनअघि साहरुखले एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेका हुन् । उनले अन्तर्वार्तामा आफू र अक्षय सँगै काम गर्न नसक्नुको कारण पनि बताएका छन् । अन्तर्वार्तामा साहरुखलाई अक्षय कुमारसँग सँगै काम गर्नेबारे सोधिएको प्रश्नमा उनले उत्तर दिए, ‘यो विषयमा म के भन्न सक्छु र ? म उनको जस्तो विहान सबेरै उठ्न सक्दिनँ, जब अक्षय उठ्छन्, म त्यो समयमा बल्ल सुत्छु । जब म कामको सुरुवात गर्छु, त्यति बेला अक्षय घर जाने समय भइसकेको हुन्छ । म निशाचार हुँ ।’
तर, यसलाई गम्भीर रुपमा लिनु हुँदैन । किनकि यो कुरा साहरुखले रमाइलोमा भनेका थिए । उनले त बरु त्यो अन्तर्वार्तामा अक्षयसँग काम गर्न आफूलाई निकै मन लागेको कुरा बताएका छन् । उनले भनेका छन्, ‘अक्षयसँग काम गर्न पाउनु मस्ती हुनेछ भन्ने मलाई थाहा छ । म उनीसँग काम गर्न चाहन्छु तर हाम्रो समय मिलिरहेको छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।