कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, छैन बस्ने टुंगो
फाइल फाेटाे

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका लागि बोलाइएको बैठक बस्न नसकेको हो । यसअघि पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना न्यून छ । 

गठबन्धन भत्किएपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १३:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया