बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
फरकधार / १२ माघ, २०७९

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । 



नयाँ सरकार गठन हुनुअघि यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिएका थिए ।

बिहीबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 



नेपाल सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का स्थायी बासिन्दा हुन् ।



 

  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १८:६:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया